रूसी ड्रोन आक्रमणले युक्रेनमा पुनः जनधनको क्षति, तीनको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

युक्रेनमा रूसी सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने बालकसहित केही व्यक्ति घाइते भएका छन्।

किभ क्षेत्रको बिलोगोरोद्स्का समुदायमा भएको आक्रमणमा एक पुरुष र एक महिलाको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन्। सो आक्रमणमा मृत दम्पतीको चार वर्षीय बच्चासहित अन्य तीन जना घाइते भएका छन्।

यस्तै, मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्ता आक्रमणले शान्ति प्रयास कमजोर बनेको भन्दै रूसमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आग्रह गरेका छन्। आगामी वार्ता फेब्रुअरी १ मा हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *