|
२०८३ बैशाख ८
काठमाण्डौँ । नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न सरकारले देखाएको कडाइप्रति स्वदेशी चिनी उद्योगीहरूले आभार व्यक्त गरेका छन् ।
नेपाल चिनी उद्योग संघले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी कदमले धराशायी हुन लागेको स्वदेशी उद्योग र उखु किसानलाई ठूलो राहत मिलेको बताएको छ ।
संघका अनुसार लामो समयदेखि खुला सिमानाबाट भन्सार छलेर भित्रिने सस्तो चिनीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको थिएन । जसले गर्दा उद्योगहरूमा आर्थिक तरलताको गम्भीर संकट उत्पन्न भएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्