प्रधानमन्त्री बालेनले सांसदहरूसँग आफ्नो क्षेत्रका समस्या र समाधानबारे गरे छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाण्डांैँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समस्या र समाधानका उपायबारे चासो राखेका हुन् ।

छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आ–आफ्नो क्षेत्रका समस्या जानकारी गराएको बताए । जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानको बाटो के छ रु भनेर जिज्ञासा राखेको छलफलपछि न्यौपाने जानकारी दिए ।

केही समस्याहरू बजेट अभावका कारण केही समय लाग्ने र तत्कालै समाधान गर्न सकिने समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीले बचन दिएको न्यौपानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *