बसपार्क निर्माणको तयारी तीव्र, व्यापारिक भवन हटाइए

DaksuMedia दाक्सु मिडिया
|
असार ९, २०८३

कास्की, असार ९ — पोखराको प्रस्तावित आधुनिक बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक संरचना हटाउने काम सम्पन्न भएको छ। महानगरपालिकाले बसपार्क निर्माणको तयारीस्वरूप पृथ्वीचोकस्थित क्षेत्रका सटर, कवल तथा अन्य व्यावसायिक भवन खाली गराएर हटाएको हो।

यद्यपि बसपार्क क्षेत्रभित्र रहेका सुकुम्बासी बस्ती भने यथावत् छन्। महानगरले वैकल्पिक बसोबासको व्यवस्था गरेपछि मात्र बस्ती स्थानान्तरण गरिने जनाएको छ।

बसपार्कभित्र बसोबास गर्दै आएका परिवारहरूले पनि उचित व्यवस्थापन भएमा स्थान छाड्न तयार रहेको बताएका छन्। लामो समयदेखि रोकिएको बसपार्क निर्माण योजना अब अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *