|
२०८३ जेष्ठ २२
काठमाडौं — कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी ले वातावरण संरक्षण र आर्थिक विकास एकअर्काका पूरक भएको बताएकी छन्।
विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जलवायु परिवर्तन न्यूनीकरणलाई सरकारले राष्ट्रिय विकास योजनासँग जोडेर अघि बढाएको उल्लेख गरिन्।
मन्त्री चौधरीले जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासका लागि आवश्यक स्रोत परिचालन गर्नुपर्नेमा जोड दिइन्। साथै, सामुदायिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय सहभागिताका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्।
उनले जडीबुटी तथा वनजन्य उत्पादनको मूल्य अभिवृद्धिमार्फत संरक्षणबाट समृद्धि हासिल गर्ने अवधारणालाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गरिन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्