मेचीनगरमा दुई दुर्लभ प्रजातिका कछुवाको उद्धार, संरक्षण केन्द्र पठाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

झापा— मेचीनगर नगरपालिका–२ बौद्धमोड क्षेत्रमा आइतबार दुई दुर्लभ प्रजातिका कछुवा उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। स्थानीय सुरेन्द्रकुमार महतको घरमा राखिएका ती कछुवालाई वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलको टोलीले फेला पारी सुरक्षित रूपमा बाहुनडाँगी प्रहरी चौकीमा राखिएको हो।

लुइँटेलका अनुसार फरक–फरक प्रजातिका दुई कछुवा दीर्घकालीन संरक्षण आवश्यक भएकाले उद्धार प्रक्रिया अघि बढाइएको हो। उनले उक्त घटनाबारे डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएकाले अब आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी कछुवालाई अर्जुनधारास्थित कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा सारिने बताए।

उद्धार गरिएको पशु संरक्षित दर्जामा पर्ने भएकाले नियमित हेरचाह र सुरक्षित वातावरण प्रदान गर्न विशेष केन्द्रमै राखिने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *