समृद्धि र सुशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउँदै सुशासन, विकास र समृद्धि हासिल गर्नु आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

१९औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रपतिले गणतन्त्र स्थापनाका लागि योगदान दिने राजनीतिक दल, नागरिक तथा सहिदप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकता, सहकार्य र आपसी विश्वास अझ बलियो बनाउने आह्वान पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *