|
२०८३ बैशाख २८
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको टिप्पणी गरेका छन् ।
‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कुटनीतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?,’ साम्पाङको प्रश्न छ ।
नेपाली सेनालाई सीमा सुरक्षामा पठायो कि सुमुम्वासी बस्तीमा पठायो भन्ने पनि उनको प्रश्न छ ।
सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैकलाउनुको कारण के हो ? भनेर उनले जवाफ मागे ।
सरकार असफल भइसकेको पनि आफूहरूको बुझाइ रहेको उनले बताए । नागरिकको आवासको हक सरकारले नै उल्लंघन गरेको उनले बताए ।
संसद छलेर अध्यादेश ल्याउने प्रवृतिको पनि उनले विरोध गरे ।
‘


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्