आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । आजराति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । यो समयमा चुनाब प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगले यस अवधिमा चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने जनाएको छ  । त्यस्तै मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइने छैन ।

आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा मत माग्न पाइदैन । चुनावलाई नै असर पर्ने गरी कुनै उम्मेदवारले गतिविधि गरेमा मनोनयनपत्र नै खारेज पनि हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ ।

आयोगले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *