जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री भेटे, जेनजीसँगको सम्झौताबारे चासो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २३

काठमाण्डौँ । जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए ।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *