|
२०८३ आश्विन ९
ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको आगलागीबाट ८ परिवारका १० वटा घर जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
आगोमा पसलका सामान, अलैँचीको गोदाम, घरायसी सामग्री, नगद तथा सुनका गरगहना जलेका छन्। स्थानीय घनश्याम खरेलको करिब २ करोड रुपैयाँ बराबरको अलैँची राखिएको गोदामसमेत पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ।
जलेका घरमध्ये केहीमा अन्य परिवारले कोठा तथा गोदाम भाडामा लिएर व्यापार व्यवसाय गर्दै आएका थिए। उनीहरूको सामानसमेत नष्ट भएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। प्रभावित परिवारका लागि तत्काल राहत तथा उद्धारमा प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्