|
२०८३ आश्विन ९
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। शुक्रबार साँझसम्म कोशी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएका छन्।
अपराह्न ४ बजे गरिएको मापनमा नदीको बहाव प्रतिसेकेन्ड २ लाख ५४ हजार ६० क्युसेक पुगेको छ। जोखिमलाई ध्यानमा राख्दै रातो बत्ती बालिएको छ भने उद्धार टोली तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्