|
२०८३ आश्विन ९
काठमाडौं । सप्तकोशी नदीमा पानीको मात्रा बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। बहाव नियन्त्रणका लागि सप्तकोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ।
शुक्रबार दिउँसो २ः१५ बजे गरिएको मापनअनुसार ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पानी बगिरहेको छ। चतरातर्फ पनि नदीको बहाव निरन्तर बढिरहेको बताइएको छ।
बहाव बढ्दै गएपछि बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका ठाउँका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
कोशी परियोजनाका अनुसार नदीमा पानीको सतह बढ्दा भारतको बिहारतर्फका तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ। नदीको बहाव परिवर्तन भइरहेकाले ब्यारेजका ढोका र पानीको मात्रा सम्बन्धी पछिल्लो विवरणलाई दिउँसो २ः१५ बजेको मापनका आधारमा बुझ्न आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्