|
२०८२ मंसिर २०
काठमाडौं — नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले झापा क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने सम्भावना नै नदेखिएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले आगामी चुनावलाई लक्षित गरेर केही समूह सक्रिय देखिए पनि ती प्रयास सफल नहुने दाबी गरे।
बस्नेतका अनुसार २०७९ को प्रतिनिधिसभा चुनावमा झापा–५ बाट ओलीले प्राप्त गरेको व्यापक मतान्तर नै जनताको स्थिरता र विकासप्रतिको विश्वासको प्रमाण हो। सो निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेस नेता खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए।
उनका शब्दमा, झापावासीको ओलीप्रतिको भरोसा कुनै संयोग होइन, निरन्तर काम र नेतृत्वप्रतिको विश्वासको परिणाम हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्