रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास भएको महेश बस्नेतको प्रतिक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाण्डौँ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् ।

सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताएका छन् ।

२३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक सुनिँदै आएका बस्नेतले पञ्चायतका, शाहीकाल र माओवादीकाल समेत समाना गरेर आएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *