नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको धातिवाङका मणिराम पौडेल रहेका छन् ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उद्धार गरी उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको थियो ।

दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा हुन् । प्रहरीका अनुसार बाबु–छोरा अर्घाखाँचीबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *