मुगुमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । मुगुको सोरु गाउँपालिकाको सोरुकोटाबाट हुम्ला जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । सोमबार राति ८ बजेतिर लु ५ त १२३७ नम्बर टयाक्टर सोरु गाउँपालिका—१ जवालधार भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २८ वर्षीय चालक सुरेश रोकायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रविराज थपलियाले जानकारी दिएका छन् ।

उनी बाजुराको गौमुल गाउँपालिका—३ का बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *