काठमाण्डौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ ।
आयोगले यसअघि कार्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो । नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गरेकी थिइन् ।
मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी केही दिन म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह थियो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसबारे आयोग सकारात्मक रहेको जवाफ दिएका थिए ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्