लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

विभागद्वारा जारी सूचनाअनुसार, भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनका क्रममा विभागको भवनमा भएको तोडफोड, आगजनी तथा चोरीका कारण छपाइ मेसिन, इलेक्ट्रोनिक उपकरणहरू र सर्भरमा गम्भीर क्षति पुगेको छ। यसले गर्दा विद्युतीय सवारी दर्ता प्रणालीसहित सूचना प्रविधिमा आधारित सबै सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

विभागले परिस्थितिको मूल्याङ्कन भइरहेको जनाउँदै सेवा पुनः सुचारु हुने मिति थप सूचनामार्फत जानकारी गराइने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *