×

लाइसेन्सको आवेदन फेरि स्थगित

फाल्गुन २९, २०७८ | दाक्सु मिडिया

काठमाडौ । सवारी चालक अनुमति पत्र अनलाइन प्रणाली बन्द भएको छ। २०७८ चैत १ गतेदेखी अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहने प्रबक्ता डा. लोकनाथ भुसालले जानकारी दीए।
हालसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग १ महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३/४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए ।

ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुन: लिन थालिने उनले बताए । अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना विभागको छ । अनलाइन आवेदन दिएकामध्ये ४० प्रतिशतले मात्र प्रक्रियाका लागि यातायात कार्यालय जाने गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: