|
२०८२ कार्तिक २८
काठमाण्डौँ । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न थालिएको थियो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन दिँदा सिस्टममा समस्या आएको आयोगले जनाएको छ ।
उनका अनुसार अहिले राष्ट्रिय परिचयपत्रको विज्ञ र आयोगको आईटी टिमले बनाउने काम गरिरहेको छ ।
मतदाता नामवलीमा नाम दर्ता गर्न समस्या आएको सेवाग्राहीले पनि गुनासो गरेका छन् । लामोसमयसम्म प्रयास अनलाइनबाट आवेदन दिँदा पनि आवेदन स्वीकृत नभएको सेवाग्राहीको गुनासो छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्