हेलमेट बिना बाइक चलाएकोमा मुख्यमन्त्री शाहलाई ट्राफिक कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको छ। मुख्यमन्त्री निवासमै पुगेको ट्राफिक टोलीले उनलाई ५०० रुपैयाँ जरिवाना गर्दै चिट काटेको हो।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आलोचना बढेपछि उक्त कारबाही गरिएको जनाइएको छ। मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै सबैका लागि कानुन समान हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *