मतदाता नामावलीमा नाम दर्ता गर्ने समय अब मात्र ९ दिन, नाम दर्ता गर्न प्रधानमन्त्रीको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

काठमाण्डौँ । प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् ।

नाम दर्ता गर्न तोकिएको म्याद सकिन ९ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *