|
२०८३ असार १८
काठमाडौँ : काठमाडौँस्थित सिंहदरबारमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाहको निर्णयअनुसार पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापा आयोगको अध्यक्षमा नियुक्त भएका हुन्। सोही अवसरमा आयोगकी नवनियुक्त सदस्य प्रा.डा. रेजिना मास्केलाई पनि शपथ गराइएको थियो।
शपथपछि अध्यक्ष थापाले आयोगको जिम्मेवारी निष्पक्ष, निर्भीक र इमानदार रूपमा निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, दक्षता अभिवृद्धि र संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्