कर्णाली राजमार्गमा मिनीबस दुर्घटना: गाडी नदीमा खस्दा उद्धार जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौँ : दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक मिनीबस कर्णाली नदीमा खसेको छ।

कर्णाली राजमार्गअन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेटारा क्षेत्रमा क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको र अन्यको अवस्था अझै अज्ञात रहेको छ।

प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *