पाँचथरमा अवैध हतियारसहित दुई जना नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारबाट प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–५ का २५ वर्षीय दिलबिर माखिम र ३७ वर्षीय मन कुमार माखिम रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको टोलीले बुधबार राति मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्ने क्रममा बन्दुकसहित फेला पारेको हो।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *