|
२०८२ कार्तिक २६
काठमाण्डौँ । सरकारले डेढ महिनादेखि रिक्त रहेको अर्थ मन्त्रालयको राजस्व सचिव पदमा अनुभवी प्रशासक भूपाल बराललाई जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा बागमती प्रदेशका प्रमुख सचिव बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका सरुवा गरिएको हो । बराल गत जेठ २२ गते मात्रै सचिवमा बढुवा भएको थिए ।
यसअघिका अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेलाई अर्थमन्त्री खनाल आएपछि सुरुवा गरिएको थियो । अर्थ मन्त्रालयमा दुई सचिव रहँदै आएका थिए । तर अर्थमन्त्री खनाल आएसँगै एक मात्रै सचिव राखेर काम गर्ने योजना बनाए पनि पछिल्लो समय राजस्वको विषयहरू पेचिलो बन्दै गएपछि राजश्व सचिवमा राजश्वका अनुभवी प्रशासक बराललाई ल्याएको मन्त्रालयको भनाइ छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्