धनुषामा एक महिलाको बीभत्स हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो ।

सोमबार साँझ अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।

मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *