|
२०८३ आश्विन २०
काठमाडौं । दशैंमा काठमाडौं छाडेर घर जाने यात्रुले असोज २३ गतेदेखि सार्वजनिक बसको अग्रिम टिकट लिन पाउने भएका छन्।
यातायात व्यवस्था विभाग, व्यवसायी र सुरक्षा निकायबीचको छलफलपछि अग्रिम बुकिङ खोल्ने निर्णय भएको हो। दशैंमा १० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ।
चाडपर्वमा बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुमाथि ठगी गर्नेमाथि कारबाही गरिने भएको छ। लामो दूरीका बसमा दुई चालक राख्नुपर्ने तथा यात्रुको विवरण अनिवार्य अभिलेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्