भागरथी हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २४

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार विहान आफ्नो ट्वीटर ह्यान्डलमा देउवाले लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’

देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी २१ गते विद्यालय गएपछि घर फर्किनन् ।

विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले घटना शंकास्पद भए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

शुक्रबार प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याएको छ । बलात्कारपछि उनको हत्या भएको भन्दै दोगडाकेदारका विद्यार्थी र स्थानीयले शुक्रबार दोषी पक्राउको माग गर्दै प्रदर्शन पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *