ग्यास अभाव बढेको भन्दै बिक्रेता महासंघको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २०

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

महासंघले उद्योगबाटै भइरहेको खुद्रा बिक्री रोक्न र डिलरमार्फत मात्र ग्यास वितरण गर्न माग गरेको छ। उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपूर्ति प्रणालीमाथि प्रश्न उठाएको हो।

महासंघले १४.२ किलोको सिलिन्डरको उचित व्यवस्थापन गर्दै ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन पनि निगमसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *