×

सोलुखुम्बुमा एक महिलाको अज्ञात समुहद्धारा हत्या

जेष्ठ १२, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बुमा एक महिलाको अज्ञात समुहद्धारा हत्या भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।

 गएराति करिब ९ बजेको समयमा राईको अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ । वडा नम्बर ७ की वडा सदस्य सरिता राइका अनुसार महिलाको शब अर्धनग्र अवस्थामा भेटिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । थप अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: