काठमाण्डौँ । एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् । धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट उक्त रकमका साथै सुनका विभिन्न गरगहनाहरु पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् । सुनका बाला २ थान, झुम्का ४ थान, औठी ३ थान, नत्थी, सिरबन्दी बरामद भएको छ ।
५ थान मोबाइल, एप्पलको म्याकबुक एक थान, बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार पनि बरामद गरिएको उनले बताए ।
पक्राउ परेका मध्ये सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ । उनीविरुद्ध प्रहरी र्वत्त गौशालामा ४ असोज २०७९ र १० फागुन २०७९ मा मुद्दा दर्ता भएको पाइएको छ ।
पक्राउ परेका दुबै जनालाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्