|
२०८२ कार्तिक ७
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–स्वयम्भू क्षेत्रबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।
उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
एआइजी कार्कीका अनुसार उनीहरूले भाडामा लिएको कोठाबाट नगद रकमसँगै केही सुनका गहनासमेत बरामद गरिएको छ। हाल उक्त रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्