|
२०८२ कार्तिक ८
काठमाडौं । काठमाडौँको माइतीघरमा स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न पुगेका जेनजी युनाइटे समूहका ५० जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सम्भावित मुडभेड र प्रदर्शनकारीहरूको सुरक्षाका कारण सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये २४ महिला र २६ पुरुष छन्।
जेनजी युनाइटेडका अगुवा मदन कार्कीले प्रदर्शनको अनुमति नदिइनु र प्रहरीद्वारा नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्यविरुद्ध भएको टिप्पणी गरेका छन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्