जेनजी पुस्तालाई प्रशासनले प्रदर्शनको अनुमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौं । काठमाडौंको माइतीघरमा जेनजी पुस्तालाई काठमाडौं जिल्ला प्रशासनले प्रदर्शनको अनुमति दिएको छ।

नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि तीन बुँदे मागसहित जेनजी पुस्ताले भोली गर्ने भनिएको शान्तिपूर्ण आन्दोलनका लागि प्रमुख जिल्ला अधिकारी छवि रिजालले अनुमति दिएका हुन्।

बिना सर्त सामाजिक सञ्जाल सक्रिय बनाउनुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्तिका आधारमा आयुक्त नियुक्त नगरिनुपर्ने उनीहरूको माग छ।

जेनजी समूह प्रदर्शनमा उत्रिने भएसँगै काठमाडौंको सुरक्षा व्यवस्थामा भने उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ।

युवाहरू माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने छन्। प्रदर्शन शान्तिपूर्ण हुने उनीहरूको दाबी छ।

प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यस कार्यक्रममा आफ्नो समर्थन रहे पनि आफू उपस्थित नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Madeleine1921

    September 8, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *