कांग्रेसको वडा अधिवेशन भोलिदेखि, समानान्तर गतिविधिको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । तर, पार्टीभित्रको विवादका कारण अर्को पक्षले समानान्तर गतिविधि अघि बढाउने तयारी गरेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासहितका वरिष्ठ नेताहरू अधिवेशनमा सहभागी हुने वातावरण अझै बनेको छैन ।

कार्यवाहक सभापति खड्का र नेता कोइरालाले महाधिवेशनको मिति केही समय सारेर पार्टीभित्र सहमति खोज्न आग्रह गरेका छन् । खड्काले सभापति गगन थापालाई अधिवेशन स्थगित गरी देउवासहितका नेतासँग वार्ता गर्न आग्रह गरेका छन् ।

कोइरालाले पनि पार्टी एकताका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आह्वान गरेका छन् । तर, संस्थापन पक्षले सर्वोच्च अदालतको फैसलासँग जोडिएको विषयका कारण महाधिवेशनको कार्यतालिका सार्न कठिन रहेको जनाएको छ ।

महामन्त्री प्रदीप पौडेलले भने सबै नेताहरूलाई सम्मानजनक रूपमा महाधिवेशनमा सहभागी हुने वातावरण निर्माण गरिएको दाबी गर्दै अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *