राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ केन्द्रीय नेताले पार्टी छाडे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिबाट देशको राजनीति अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी छाड्नेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु छन् ।

महासचिव झाले मातृभूमिलाई सुहाउने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् । उनले सामाजिक–सांस्कृतिक र राजनीतिक चेतना विकाससँगै आर्थिक चेतनाका लागि विद्रोहको तयारी गरिरहेको उल्लेख गरे ।

झाले अबको यात्रा विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि ‘हुंकार मधेश अभियान’सँग हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *