काठमाण्डौँ । वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा नौ घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा। राजीव झाको नेतृत्वमा पाँच धमनीमा क्लिप लगाएर र एउटा धमनीलाई विशेष कपडाले बेरेर उपचार गरिएको थियो ।
यसरी एउटै व्यक्तिको मस्तिष्कमा धेरै एनोरिजमलाई एउटै भागबाट शल्यक्रिया गरी उपचार गर्ने यो ११ औं सफल केस हो ।
वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा एकैपटकमा शल्यक्रिया गरिएको छ। उक्त जटिल शल्यक्रिया गर्न करिब नौ घण्टा लामो समय लागेको थियो ।
यो कठिन अपरेसन न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा भएको थियो । उनीसँगै डा. अन्जन सिंह कार्की र डा. मदन बजगाईं (न्युरोसर्जन), डा. प्रदीप वैद्य र डा. अनुज जे. कार्की (एनेस्थेसिया टोली) र नर्स सिन्धु गौतम तथा अश्मिता कार्की सहितको टोलीको संयुक्त प्रयासबाट शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
उक्त शल्यक्रियाको क्रममा पाँच धमनीलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष कपडा (निर्मलीकरण गरिएको) ले बेरेर सुरक्षित राखिएको थियो । सामान्यतया एउटै व्यक्तिमा धेरैवटा एनोरिजम भएको अवस्थामा अलग–अलग शल्यक्रिया गरिन्छ । तर यो केसमा भने मस्तिष्कको एकापट्टि बायाँपट्टि बाट मस्तिष्कको अन्य भागहरुमा भएका एनोरिजमलाई उपचार गर्न सकिएको थियो, जसमा अर्कोपट्टिका एनोरिजमहरू समेत मस्तिष्कको एकै ठाउँ (बायाँ) बाटै एकै पटकको शल्यक्रियाबाट सुरक्षित गरिएको थियो ।
अपरेसनपछि बिरामीको स्वास्थ्यस्थिति सुधार भएको छ । उनी केही समयपछि घर फर्कन सक्ने बताइएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्