|
२०८३ असार १२
काठमाडौँ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन पेश गरिनुका साथै सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्यसम्बन्धी गरी पाँच विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यससँगै आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइनेछ। राष्ट्र ऋण उठाउने विधेयकमाथि पनि दफावार छलफल गरी पारित गर्ने प्रस्ताव बैठकमा पेश हुने संसद् सचिवालयले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्