अनुदानमा मिनीटिलर पाएपछि मालिकाका किसान उत्साहित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १२

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकाले कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्न ७२ जना किसान, कृषि फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरेको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सञ्चालन गरिएको कार्यक्रममा किसानले ४० प्रतिशत लागत व्यहोरेका छन्।

गाउँपालिकाका अनुसार खेतबारी जोत्न लाग्ने समय, श्रम र खर्च घटाउने उद्देश्यले मिनीटिलर उपलब्ध गराइएको हो। किसानहरूले यान्त्रिक हलोको प्रयोग बढेसँगै गोरुमाथिको निर्भरता कम हुनुका साथै कृषि कार्य अझ सहज र प्रभावकारी बनेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *