सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकामा निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर संचालन हुने भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिकाको समन्वय र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा हिमालयन ट्रष्ट नेपालले उक्त शिविर सञ्चालन गर्ने भएको हो ।
यहि असोज ११ र १२ गते खुन्दे अस्पतालमा दुई दिनसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । विहान ९ बजे देखि ४ बजेसम्म चल्ने शिविरमा मोतिविन्दुका विरामीले सेवा लिन सक्नेछन् ।
यस शिविरले उपचारका लागि जिल्ला तथा जिल्ला बाहिर जान नसक्ने मोतिविन्दुका विरामीलाई विषेश सहयोग पुुग्ने गाउँपालिकाको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया