|
२०८३ असार १२
काठमाडौँ : सरकारले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी परिवारलाई स्थान खाली गर्न दिएको समय एक साताले बढाएको छ। अब उनीहरूले असार १९ गतेभित्र स्वव्यवस्थापन गर्नुपर्नेछ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले घरभाडा व्यवस्थापनका लागि समय अपुग भएको गुनासोलाई ध्यानमा राख्दै म्याद थपिएको जनाएको छ। सरकारले पुनःस्थापनाका लागि एकमुष्ट २५ हजार रुपैयाँ तथा तीन महिनासम्म मासिक बसोबास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ भने उक्त सुविधा लिन असार १५ गतेभित्र बैंक खातासहित निवेदन पेश गर्न आग्रह गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्