चीनको कोइला खानी दुर्घटनामा तीन मजदुरको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

चीनको शानक्सी प्रान्तस्थित झेनपिङ काउन्टीमा रहेको एक कोइला खानीको सुरुङ भत्किँदा तीन मजदुरको ज्यान गएको छ।

बिहीबार भएको दुर्घटनाको बेला आठ जना मजदुर मर्मतसम्भारको काममा संलग्न थिए। तीमध्ये पाँच जना सुरक्षीत रूपमा बाहिर निस्कन सफल भए पनि तीन जना खानीको सुरुङभित्र फसेका थिए।

शनिवार बिहान १ः२० बजे उद्धारपछि ती तीनै जनालाई चिकित्सक टोलीले मृत घोषित गरेको हो। सन् १९९८ मा निर्माण गरिएको सो खानी मार्च २०२४ देखि मर्मत कार्यका लागि बन्द गरिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार करिब ५०० घनमिटर मलबा खस्दा सुरुङ भत्किएको हो। हाल दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *