×

उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी नलिने निर्वाचन आयोगको निर्णय

फाल्गुन २६, २०७९

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा पुरुषबाहेकको उम्मेदवारी दिन भनेको छ । आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिँदै यस्तो निर्णय गरेको जनाएको छ ।

फागुन २७ गते हुने उपराष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताका लागि आयोगले संविधानअनुरुप नै फरक लिंग वा फरक समुदायको मात्र मनोनयनपत्र दर्ता गर्नका लागि निर्देशन दिएको हो ।

आयोगको शुक्रबारको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा ‘नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: