कालीमाटीमा सागसब्जी र फलफूलको आजको थोक मूल्य सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाण्डौ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, सिमी लगायत तरकारीहरूको मूल्य निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) अधिकतम रू ३०० प्रतिकिलो, अनार रू ३५०, केरा रू १४० प्रति दर्जन, कागती रू १४० प्रतिकिलो, जुनार रू २६०, किवी रू ३०० र आभोकाडो रू ३५० प्रतिकिलो कायम गरिएको छ।

सागसब्जीमा गोलभेँडा सानो (लोकल) रू ४९, आलु रातो (भारतीय) रू ३७, गाजर (लोकल) रू १२०, काउली (स्थानीय) रू ७५, बोडी (तने) रू १५०, मटरकोसा रू २१०, पालुंगो साग रू १३०, च्याउ (डल्ले) रू ३७०, कुरीलो रू ४५० र पुदीना रू ७०० प्रतिकिलोमा कारोबार भइरहेको छ।

त्यस्तै, लसुन (चाइनिज) रू २२०, खुर्सानी (अकबरे) रू २००, राजा च्याउ रू ३००, र सिताके च्याउको थोक मूल्य अधिकतम रू १००० प्रति केजी तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *