|
२०८३ आश्विन २४
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्।
१५औँ महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय पुग्न लागेका हुन्। सचिवालयका अनुसार उनी दिउँसो २ बजे त्यहाँ उपस्थित भई पत्रकारहरूसँग संवाद गर्नेछन्।
मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्