सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि : छापावाल सुन प्रतितोला ३९ सयले महँगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं, मंगलबार — नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार ९ सय रूपैयाँले बढेर २ लाख २१ हजार ७ सय रूपैयाँमा पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला २ हजार ६ सय ५० रूपैयाँ रहेको चाँदी आज ३० रूपैयाँले बढेर २ हजार ६ सय ८० रूपैयाँमा कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *