|
२०८२ आश्विन ६
फिलिपिन्सको राजधानी मनिलामा बाढी नियन्त्रण परियोजनामा भएको भनिएको ठूलो भ्रष्टाचारविरुद्ध आइतबार करिब ६१ हजार नागरिक सडकमा उत्रिए।
प्रदर्शनका क्रममा प्रहरीले २० नाबालिगसहित ७२ जनालाई पक्राउ गर्यो भने झडपमा ३९ अधिकारी घाइते भए। ब्यारिकेडका रूपमा राखिएको ट्रेलरमा आगजनी समेत भएको थियो।
प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोकेर ‘अब छैन धेरै, तिनीहरूलाई जेल हाल’ जस्ता नारा लगाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरे।
सुरक्षाका लागि मनिला पार्क, इड्सा राजमार्ग र लोकतन्त्र स्मारक वरिपरि हजारौँ प्रहरी तैनाथ गरिएको थियो।यस घटनापछि कम्तीमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ।
दोषीलाई आपराधिक मुद्दा चलाइने र सम्पत्ति, घर, कार तथा बैंक खाता फ्रिज गरिने जनाइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्