|
२०८२ भाद्र २९
काठमाडौँ – हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा यो तथ्य सार्वजनिक गरिएको हो।
सरकारले आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। साथै, मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने निर्णय पनि अन्तरिम सरकारले गरेको छ। आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार खर्च सरकारले बेहोर्ने घोषणा गरिएको छ।
यसबीच, प्रहरीले हालसम्म ४१ जनाको मात्र सनाखत भएको जानकारी दिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्